FAQs Complain Problems

योजना सम्पन्न गरि फरफारकका लागि (संलग्न) ल्याउनु पर्ने कागजातहरु के के हुन् ?

योजना सम्पन्न गरि फरफारकका लागि (संलग्न) ल्याउनु पर्ने कागजातहरु के के हुन् ?

१.   उपभोक्ता समिति गठन सम्बन्धी कागजातहरु
२.  उपभोक्ता समिति र कार्यालय बीच भएको सम्झौता सम्बन्धी कागजात
३.  उपभोक्ता समितिको बैठक बसी काम सम्पन्न भएकोले भुक्तानी माग गर्ने निर्णय, काम सम्पन्न गर्दा भएको आम्दानी र खर्च अनुमोदन गरेको निर्णय / आम्दानी र खर्चको तालिका सहित भएको हुनुपर्ने
४.   योजनास्तरिय अनुगमन समितिको निर्णय / सिफारिश  
५.   उपभोक्ता समितिका सम्पूर्ण पदाधिकारीहरु, योजनागत अनुगमन समिति, आम जनता, जनप्रतिनिधी (वडाअध्यक्ष / वडा सदस्य)को रोहवरमा खर्च सार्वजनिक गरेको निर्णय, सम्पन्न गर्दा भएको आम्दानी र खर्च अनुमोदनको सार्वजनिक    लेखापरीक्षण गरेको निर्णय / आम्दानी र खर्चको तालिका सहित
६   अनुसुची–३, ४ र ६ स्पष्ट भरी पेश गर्नेे
७.   योजना संचालन हुनुपूर्व, संचालन भइरहेको (लागत सहभागिता गरेको) र सम्पन्न भइसकेको फोटो (कम्तिमा पनि ३ वटा)
८.   वडा स्तरिय अनुगमन समितिको निर्णय / सिफारिश
९.   सम्बन्धित वडा कार्यालयकोे निर्णय / सिफारिश  
१०.   नगरस्तरिय अनुगमन समितिको निर्णय / सिफारिश  
११.    सम्पूर्ण विल, भर्पाइ र अन्य कागजातहरुको पछाडि समितिको छाप, दस्तखत (अध्यक्ष, सचिव, कोषाध्यक्ष मध्ये कम्तिमा पनि १ जनाको)
१२.    विल, भर्पाइको अकर्णनामा (सुची / लिष्ट)
१३.   प्राविधिक नापजाँच र कार्य सम्पन्न प्रतिवेदन
१४.   भुक्तानीको निवेदन (भुक्तानी गरीदिने बारे)