FAQs Complain Problems

सर्बसाधारणले अनलाइन घटना (जन्म दर्ता) दर्ता कसरी गर्ने?

यस प्रविधिको प्रयोगबाट सर्बसाधारणले घरमै बसि अनलाइन जन्म दर्ता फारम भर्न सकिनेछ। फारम भर्दा प्रप्त टोकन नम्बर लिएर नगरपालिकाको वडाकार्यालयबाट सहजै प्रमाण पत्र लिन सकिनेछ। टोकन नं. फारम भर्दा प्रविष्टि गरिएको मोबाईल नं. मा अाउछ।

फारम भर्ने तरिकाहरु: 

१. पुनर्वास नगरपालिकाको वेबसाइट: www.punarbasmun.gov.np  मा गएर आवश्यक लिंक मा गएर "अनलाइन जन्म दर्ता प्रणाली (सेवाग्राही)" मा क्लिक गर्नुहोला | आथवा

२. केन्द्रीय पंजीकरण विभागल वेबसाइट: www.docr.gov.np  मा गएर अनलाईन घटना दर्ता (निवेदन) मा क्लिक गर्नुहोला | आथवा

३. मोबाइल फोनमा केन्द्रीय पंजीकरण विभागको मोबाइल एप Google Playstore मा docr ताइप गरि DOCR एप डाउनलोड गरि अनलाईन घटना दर्तामा क्लिक गर्नुहोस्।

पेज खुलेपछि "नयाँ थप्नुहोस"मा क्लिक गर्नुहोस् र फारम भर्नुहोस्। 

  • फारम भरिसकेपछि अन्तमा मोबाइल नं. हालेर पेश गर्नुहोस।
  • दिइएको मोबाइल नं. मा एउटा टोकन नं. अाउछँ।
  • त्यो टोकन नं. लिएर कार्यालयमा ३० दिन भित्र सर्म्पक गर्नुपर्छ।
  • ३० दिन पछि टोकन काम लाग्ने छैन र नयाँ फारम भर्नुपर्छ।

नोटः यदि एक चोटि नगरपालिकामा कुनै ब्याक्तिगत घटना Online दर्ता गरिएको छ भने सोहो व्याक्तिको अर्को घटना दर्ता गर्नु पर्दा टोकन अावश्यक पर्दैन। पुरानो व्याक्तिगत घटना दर्तामा भएको व्याक्तिगत परिचय पत्र न. ले हुन्छ।

१) फारम भर्नको लागि Firefox Browser को प्रयोग गर्दा उचित हुन्छ।
२) Traditional Unicode (Preeti Format) नजानेकाहरुले Romanized Unicode प्रयोग गर्न सक्नुहुनेछ, सो को लागि फारमको मथि दाहिने पट्टी Romanized मा क्लिक गर्नुहोला। 
३) फारम भर्न छुट्टै Nepali Unicode install गरिरहनु जरुरी छैन।